अष्ट्रेलियामा अर्का नेपाली युवाको मृत्यु, घर फर्किने क्रममा दुर्घटना !
सडक दुर्घटनामा परी चितवन घर भई अष्ट्रेलिया न्यूसाउथवेल्स राज्यको ओलंगनमा बसोबास गर्दै आएका सुजन दाहालको मृत्यु भएको छ । विगत ५ वर्षभन्दा बढीदेखि उनी अष्ट्रेलियामा बस्दै आइरहेका छन् ।
अष्ट्रेलियामा उनी स्थानीय डोमिनोज पिज्जा सेन्टरमा बिगत चार वर्षदेखि काम गर्दै आइरहेका थिए । उनले पछिल्लो एक वर्षदेखि एज्ड केयरको काम थालेका थिए । उनी डब्बोको टारीमा रहेको घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।
प्रिन्सेस हाईवेमा रोकिराखेको लामो मालवाहक ट्रकमा उनको कार ठोक्किन पुगेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकका चालक भने घाइते भएका छन् ।
न्यूसाउथवेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘ घटना बिहीबार अपरान्ह ५ः३० बजे भएको थियो ।’ दुर्घटनाका कारण सडक केही समय अवरुद्ध पनि भएको थियो । एनआरएन ओसेनिया क्षेत्रीय संयोजक एवं ओलंगोगका बासिन्दा धर्मराज अधिकारीले सुजन मिलनसार, सबैलाई सहयोग गर्ने व्यक्ति भएको बताएका छन् । अधिकारीका अनुसार उनीले स्टोरमा करिब चार वर्ष काम गरेको थिए, एक मिलनसार नेपाली युवालाई गुमाउनु पर्दा निकै दुःख लागेको छ ।
January 12, 2019 11:03 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..