Wednesday 18th March 2026

नेपालमा पहिलोपटक बालचिकित्सक परीक्षा सञ्चालन

7 years अगाडी

काठमाडौँ । चिकित्सासम्बन्धी विश्व प्रसिद्ध रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा पहिलोपटक बालचिकित्सासम्बन्धी एमआरसिपिसिएच तहको परीक्षा सञ्चालन गरेको छ एमडी तह उत्तीर्ण गरेपछि बालरोगको विशेषज्ञता हासिल गर्न लिइने यो परीक्षा दिन पहिले बेलायतलगायत अन्य देशमा नै जानुपर्ने अवस्था रहेकामा अहिले नेपालबाट नै दिन सकिने भएको छ।

रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकार्यमा ग्राण्डी अन्तर्र्रािष्ट्रय अस्पतालमा आज र भोलि सञ्चालन हुने सो परीक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना विभागीय प्रमुख नेपाल आएका छन् परीक्षामा नेपालका चारसहित भारत, मलेसिया, म्यान्मा र मध्यपूर्वका गरी २४ जना बालरोग चिकित्सक सहभागी छन्।

आज यहाँ आयोजित कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले अस्पतालमा उपलब्ध विश्वस्तरीय सेवा सुविधा तथा विशेषज्ञहरु भएकाले रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा एमआरसिपिसिएच परीक्षाका लागि छनौट गरेको बताउँदै यसले अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यमा यस किसिमका मेडिकल शिक्षा क्षेत्रका विविध विषयमा सहकार्य गरी अघि बढ्न अस्पताल तत्पर तत्पर रहेको बताए आरसिपिसिएचका रणनीतिक प्रमुख डा रमेश मेहताले यस किसिमको परीक्षा नेपालमा सञ्चालन हुनु गर्वको विषय भएकाले यसले नेपाललाई सार्क मुलुकहरुको परीक्षा केन्द्रको रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको बताए।

उनले संसारभरका ३५ वटा मुलुकमा रहेका परीक्षा केन्द्रहरुमार्फत हरेक वर्ष छ हजार बालरोग विशेषज्ञको परीक्षा लिने गरिएको समेत जानकारी दिए। आरसिपिसिएचका सिनियर एक्जामिनर डा मिथलेश लालले पहिलोपटक नेपालमा हुन लागेको एमआरसिपिसिएच परीक्षा यस पटक परिमार्जित तथा प्राविधिक हिसाबले समेत थप स्तरीय रहेको उल्लेख गरे।

आरसिपिसिएच सिनियर एक्जामिनर डा चन्डेश्वर महासेठले धेरै वर्षको प्रयासपछि नेपालले पहिलोपटक यस किसिमको परीक्षा सञ्चालन गर्ने अवसर पाएको बताउँदै यसबाट नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको छ भने। रासस

          January 12, 2019 12:52 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...