सलमान खानले बोनी कपूरलाई घर आउन गरे प्रतिबन्ध, छोराको रिस निकाले बुवामाथि
बलिउड अभिनेता अर्जुन कपूर र मलाइका अरोडा एकअर्काको प्रेममा रहेको कुरा कसैबाट लुक्न सकेको छैन ।अर्जुन र मलाइका सार्वजनिक रुपमै दुनियाको कुनै पर्वाह नगरी एकअर्काको साथमा समय बिताइरहेका छन् । यी दुवैको सम्बन्धलाई अर्जुन कपूरको परिवारले समेत स्वीकार गरिसकेको छ । मलाइका अरोडाका पूर्व पति अरबाज खानले समेत मलाइकासँगको डिभोर्सपछि जर्जिया एण्ड्रीयानीलाई डेट गरिरहेका छन् । तर अरबाज खानका दाइ सलमान खान भने अझै पनि अर्जुन कपूर र मलाइका अरोडाको सम्बन्धदेखि खुशी छैनन् ।
केही दिनअघि मात्रै सलमान खानले बोनी कपूरको २ वटा फिल्ममा काम गर्ने अफरलाई अस्वीकार गरिदिएका थिए र अहिले सार्वजनिक खबरहरुका अनुसार सलमानले बोनी कपूरलाई उनको घरमा आउनसमेत प्रतिबन्ध लगाइदिएका छन । बोनी कपूर र सलमान खानबीचको मित्रता यसअघिसम्म निकै प्रगाढ थियो तर अब भने सलमानले बोनी कपूरलाई उनको छोराले गरेको गल्तीको सजाय दिएका छन् ।
अभिनेत्री मलाइका अरोडा खानभन्दा अघि अभिनेता अर्जुन कपूर सलमान खानकी बहिनी अर्पिता खानलाई डेट गरिरहेका थिए । तर पछि उनी सलमानकै भाइ अरबाज खानकी श्रीमती मलाइका अरोडाका साथ प्रेमसम्बन्ध गाँसेपछि सलमान खानलाई यो कुरा सह्य भएन ।
सलमान खानले बलिउड फिल्म निर्माताहरुलाई अर्जुन कपूरलाई कुनै पनि फिल्ममा कास्ट नगर्नुभन्दै आदेश दिएका थिए । तर अर्जुन कपूरले त्यस समयमा सलमानसँग माफी माग्दै अब आइन्दा सलमान खानको परिवारलाई समस्या हुने कुनै पनि काम नगर्ने बताएका थिए । सलमानले पनि उनलाई त्यसबेला माफ गरिदिएका थिए । तर त्यसको केही समयपछि अर्जुनकै लागि मलाइकाले अरबाज खानसँग सम्बन्ध विच्छेद गर्दै अर्जुनसँग नजिकिइन् । यो कुरा सलमानले पचाउन सकेनन् । तसर्थ सलमान खानले अर्जुन कपूरको रिस उनका पिता बोनी कपूरमाथि पोखे ।
बोनी कपूरसँगको वर्षौँदेखिको मित्रतालाई सलमानले मतलब नगरी उनको अब आउने फिल्म ‘वान्टेड २’ र ‘नो एन्ट्री मे एन्ट्री’ मा अभिनय गर्न अस्वीकार गरिदिए । साथै बोनी कपूरलाई सलमान खानको घर आउन प्रतिबन्ध गरिदिएका छन् । बोनी कपूरको निर्माणमा बनेका यसअघिका फिल्म ‘वान्टेड’ र ‘नो एन्ट्री’ मा सलमान खान नै मुख्य भूमिकामा थिए भने यी फिल्महरु सुपरहिट भएका थिए ।
January 12, 2019 12:59 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग