‘वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार निर्दोष’
उर्लाबारी – कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताएका छन्।
मोरङ बेलबारी नगरपालिका-९ कार्यालयले शनिबार आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा उनले भने, “काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी विमान खरीद गर्ने निर्णय भएको थियो।
”मन्त्री ढकालले तत्कालिन प्रधानमन्त्री देउवा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेको समयमा नै वाइड बडी विमान खरीद गर्ने निर्णय भएको र त्यसपछि दुई जना पर्यटनमन्त्री फेरि सकिएकाले यो सरकार दोषी नरहेको धारणा व्यक्त गरे।
डा गोविन्द केसीले संविधानभन्दा माथि गएर माग राखेको पनि उनले बताए।
यसैबीच मन्त्री ढकालले प्रदेश नं १, पथरीशनिश्चरे नगरपालिका–१० मा निर्माण गर्न लागिएको आदिवासी जनजाति सङ्ग्रहालयको विषयमा अनावश्यक टीका टिप्पणी नगर्न सबैमा आग्रह गरे।
आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पथरी शनिश्चरेमा शनिबार आयोजित कार्यक्रममा उनले हालसम्म १५६ वटा कानून बनाएर विधिको शासनको जग बसालेको बताउँदै वैशाखसम्ममा भूमिसम्बन्धी कानून बनाइसक्ने जानकारी दिए।
January 13, 2019 12:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..