Friday 6th March 2026

आउँदो महिनादेखि बन्द हुँदै नागिन-३

7 years अगाडी

एजेन्सी । टेलिभिजनको सबै भन्दा पपुलर शो नागिन ३ लाई अलविदा गर्ने समय आउन लागेको छ। सुरभि ज्योति, पर्लभी पुरी, अनिता हसनंदानी र रजत टोकसको मुख्य भूमिका रहेको नागिन ३ एक महिनापछि बन्द हुँदैछ।

भारतीय एक न्यूज अनलाइनको रिर्पोट अनुसार एकता कपुरले आफ्नो एक अन्य पपुलर शो कवजको दोस्रो सिजन नागिन ३ को ठाउँमा लन्च गर्न चाहन्छन्।

कवच २ का लागि पहिले नै अडिसन सुरु भइसकेको छ। तर अहिलेसम्म एकता कपुरले यस बारेमा भने कुनै औपचारिक जानकारी भने दिएका छैनन्।

यस हप्ता पनि टीआरपीमा नागिन चौँथो नम्बरमा रहेको छ। एकता कपुरले नागिनलाई अनयर गर्ने सोचे १ वा २ वर्षपछि यसको चौँथो सिजन सुरु हुने अनुमान गरिएको छ।

          January 13, 2019 2:23 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...