Thursday 11th September 2025

विवाह बन्धनमा बाँधिदै अभिनेत्री वर्षा राउत

7 years अगाडी

काठमाडौं, ३० पुस । अभिनेत्री वर्षा राउत अभिनेता संजोग कोइरालासँग विवाह बन्धनमा बाँधिदै छिन् । आउँदो फागुनमा उनीहरुबीच विवाह हुने भएको छ लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका उनीहरुले सोमबार आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको मिति घोषणा गरेका हुन् ।

यस वर्षको प्रेम दिवसको दिन अर्थात् फागुन २ गते (फेब्रुअरी १४) उनीहरुले लगनगाँठो कस्ने भएका छन् । अभिनेत्रीमा वर्षा अहिलेकी ‘हटके’ हुन् । उनको पछिल्लो चलचित्र ‘गोपी’ प्रदर्शनको तयारीमा छ । उनको नाम अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्रीको सूचीमा अग्रणी स्थानमा आउँछ ।

          January 14, 2019 3:59 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...