Wednesday 18th March 2026

हत्यामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

7 years अगाडी

ईलाम, ३० पुस । रोङ गाउँपालिका–३ याङ्ग्रे बस्ने ६३ वर्षीय बुद्धिमान राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका–३ बस्ने ३९ वर्षीय राजकुमार राई समेत ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पुस २४ गते बुद्धिमान राई लगायत ७ जना साथीहरु मिली सोही स्थानमा रहेको अतिपाल जंगलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर बुद्धिमान राईको मृत्यु भएको तथा मृतकको शवलाई आफ्नो परम्परा अनुसार खाल्डो खनि गाडेको भन्ने खबर ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा प्राप्त हुनासाथ खटिएको प्रहरीले सिकार खेल्न गएका राजकुमार समेत ६ जनालाई नियन्त्रणमा लिएको हो ।

साथै प्रहरीले सोही ठाउँस्थित अलैची बारीमा लुकाई राखेको भरुवा बन्दुक १ थान समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

          January 14, 2019 4:30 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...