

ऋतिक रोशनको बर्थ गिफ्ट देखेपछि टाइगर श्रफको फ्यान भइन् यी चर्चित हलिउड अभिनेत्री

एजेन्सी, पुस । बलिउडका ‘बागी’ टाइगर श्रफ अभिनयसँगै डान्सका फ्यान पनि धेरै छन् । उनको नृत्यकलामा बलिउडका अर्का अभिनेता ऋतिक रोशनबाट प्रभावित भएको बताउँछन् । केही दिन अघि ऋतिक रोशनको जन्मदिनको अवसरमा टाइगरले उनकै फिल्मको गानामा डान्स गरेर उनलाई निकै सुन्दर तरिकाबाट बर्थडे विस गरेका थिए।
टाइगरको सो भिडियो देखेपछि हलिउडकी एकजना चर्चित अभिनेत्रीले यस्तो प्रतिक्रिया दिइन् जसलाई शायद टाइगरले कहिल्यै पनि भूल्ने छैनन् । वास्तवमा टाइगरले ऋतिक रोशनको पहिलो फिल्म ‘कहो न प्यार है’ को ‘एक पल के जिना’ गानामा डान्स गरेका थिए ।
टाइगर भिडियोमा आफ्ना दुई साथीहरुसँग देखिएका थिए । उक्त भिडियोलाई उनले इंस्टाग्राममा पोस्ट गरेर शानदार क्याप्सन लेखेका थिए । जसमा उनले ऋतिक रोशनलाई आफ्नो प्रेरणाको पात्र भएको र आफूलाई प्रेरणा दिएको र मार्ग देखाएकोमा धन्यवाद दिएका थिए ।
टाइगरको भिडियो केही समयमै भाइरल भएको थियो । भिडियोमा बलिउडका स्टारहरु बाहेक हलिउडका स्टारहरुले पनि कमेन्ट गरेका थिए । त्यही कमेन्टमध्ये हलिउडकी चिर्चित अभिनेत्री ग्वानेश पेल्ट्रोको पनि एउटा कमेन्ट आएको थियो ।
जसमा लेखिएको थियो,‘धेरै राम्रो ।’ टाइगर श्रफ सामाजिक मिडियामा निकै सक्रिय छन् उनी डान्सको भिडियोहरु पोस्ट गरिरहेका हुन्छन् । यस अघि उनको दिलबर गानामा गरेको डान्सको भिडियो निकै भाइरल भएको थियो ।
January 15, 2019 12:27 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

