Wednesday 18th March 2026

५ नम्बर प्रदेशमा माघीको भव्य रौनक, २ दिन सार्वजनिक विदा

7 years अगाडी

वुटवल– पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा धुमधामका साथ माघी मनाउन शुरु भएको छ । रुपन्देही , कपिलबस्तु, दाङ ,बाँके लगायत राईका जिल्लामा थारु समुदायले माघी पर्व मनाइरहेका छन् । यो अवसरमा पाँच नम्बर प्रदेश सरकारले २ दिन सार्वजनिक विदा दिएको छ । यसैबीच हिन्दुहरुको चार धाममध्ये एक मानिने एक रूरू क्षेत्र रिडीमा पनिआजदेखि माघेसंक्रान्ति मेला सुरू भएको छ ।

पाल्पा, स्याङ्गजा र गुल्मीको संगमस्थल यहाँ मेला भर्न अघिल्लो दिनदेखि नै श्रद्धालु र व्यापारी यहाँ आउने गर्छन् । माघे संक्रान्तिको दिन भने बिहानैदेखि घुँईचो लाग्छ । कालीगण्डकीको तट रिडी रूरूमा बिहानै देखि नुहाउनेको भिड लाग्ने गर्छ । भक्तजनहरू लामो लाइन लागेर पाल्पाको अर्गली क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्ने गर्छन् ।

मेलामा साधुसन्तको पनि भिड लागिसकेको छ । जेठी, माहिली र कान्छी संक्रान्तिको नामले यहाँको मेला चर्चित छ । मेला गर्न देशका विभिन्न भाग तथा स्थानीय बासिन्दा आउने गर्छन् । रूरू क्षेत्रको धार्मिक तथा साँस्कृतिक महत्व भएकोले मेला भर्न देशका विभिन्न भागबाट आउने गर्छन् ।

पाल्पा क्षेत्रमा रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा मेलामा आउने दर्शनार्थीहरूको घुँईचो लाग्ने गर्छ । सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मुर्ति फेला परेको र सोही मुर्तिलाई प्रतिष्थापन गरको भन्न किवंदन्ती रहिआएको छ । कालीगण्डकी नदीमा स्थान गरेर ऋषिकेशवको मुर्ति दर्शन गरेमा मनले चिताएको पुग्ने धारणा छ ।

          January 15, 2019 1:03 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...