लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल !
प्राय दिनहु विश्वमा अनैठों अनैठो घटनाहरू भइरहेको हुन्छ । त्यस्तै युरोपेली मुलुक इटलीमा पनि अनैठो घटना भएको छ । फाइल फोटोआफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन् । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ ।
मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मुद्दा हालेका हुन् । उनले आफ्नी श्रीमती विरुद्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दुव्र्यवहार पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ ।
साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् । आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ ।उनको अर्को आरोप झनै गम्भीर छ । आफू श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा लात्ताले हिर्काएर घचेटेको उनको गुनासो छ । यदि वादीको दाबी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जेल सजायँ हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।
January 17, 2019 3:27 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..