चार नारायण मन्दिरको पहिलो तलाको काम सकियो
ललितपुर । पाटन दरबार क्षेत्रमा रहेको चार नारायण मन्दिर पुनःनिर्माण पहिलो तलासम्मको काम सकिएको छ। मन्दिरको माथिल्लो तला र छानाको काम मात्रै बाँकी रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ। मन्दिरको पुनःनिर्माण आगामी वर्षसम्ममा सम्पन्न हुने कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए।
काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी)ले भूकम्पलगत्तै यहाँँका १२ स्मारकको पुनःनिर्माणको जिम्मेवारी लिएको थियो। तीमध्येमा चार नारायणको मन्दिर पनि पर्दछ। अरु १० स्मारकको निर्माण सम्पन्न भइसकेको छ भने हरिशङ्कर मन्दिर र यो मन्दिरको निर्माण जारी छ। केभिपिटीले लक्ष्य लिएभन्दा चाँडो निर्माण सम्पन्न गर्ने उनले बताए।
मन्दिरलाई पाटनकै पुराना मन्दिरमध्ये एक मानिन्छ। मन्दिरको निर्माण विसं १५६५ मा पुरन्दर सिंहले गरेको पाइन्छ। ललितपुरमा नै कुम्भेवर, राधाकृष्ण मन्दिर, मच्छिन्द्रनाथको मन्दिरलगायतको पुनःनिर्माणले गति लिन सकेको छैन।
January 18, 2019 11:59 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..