काङ्ग्रेस नेता रेग्मीको निधन
काठमाडौ । नेपाली काङ्ग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ । काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहनुभएका उहाँकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो ।
पशुपति आर्यघाटमा आज बिहानै उहाँको अन्त्येष्टि गरिएको छ । यसअघि उहाँको पार्थिव शरीरमा काङ्ग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
विसं २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य हुनुभएका उहाँले नेपाल विद्यार्थी सङ्घको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । स्व रेग्मीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटकपटक गरी पाँच वर्ष जेलजीवन बिताउनुभएको थियो । स्व रेग्मीका दुई श्रीमती छन्।
January 18, 2019 12:33 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..