आफ्नै बुवालाई अदालतमा पुर्याइन् यी चर्चित ‘हलिउड सिंगर’ ले
एजेन्सी, माघ । आफ्नो आवाजको बलमा विश्वलाई नचाएकी ‘हलिउड सिंगर’ रिहानाबारे एउटा खबरले अहिले अन्तर्राष्ट्रिय मिडियाले तात्तिएको छ । ती खबरहरु अनुसार रिहाना आफ्नै बुवाको विरुद्ध अदालतमा पुगेकी छिन् । रिहानाले आफ्नो नाम प्रयोग गरेर फाइदा लिएको बुवामाथि आरोप लगाएकी छिन् ।
जानकारीका अनुसार रिहानाले आफ्नो बुवा र उनको व्यापार साझेदारविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । रिहानाको अनुसार उनलाई फेंटी इन्टरटेन्मेन्टको बारेमा गलत जानकारी पठाएर आफ्नो फाइदाका लागि बुवा र उनको व्यापार साझेदारले उनको नामको प्रयोग गरेका थिए ।
रिहानाले आफ्नो उजूरीमा फेंटी २०१२ देखि आफ्नो ट्रेडमार्क रहेको र त्यो कस्मेटिक र अन्य बस्तु उत्पादनका लागि २०१२ देखि आफूले प्रयोग गर्दै आएकी बताएकी छिन् । फेंटी इन्टरटेनमेन्टको शुरुवात २०१७ मा भएको थियो । रिहानाको अनुसार उनको बुवाले उनलाई जानकारी नदिई १ करोड पचाँस लाख डलरको १५ वटा शो बुक गर्ने प्रयास गरेका थिए ।
रिहानाको अनुसार उनले बुवालाई रोक्न धेरै प्रयास गरेकी थिइन् तर त्यसको बावजूद पनि उनले फेंटी इन्टरटेनमेन्टबाट लगातार पैसा कमाइरहेका थिए ।रिहानाको सम्बन्ध उनको बुवासँग पहिले देखि नै तिक्ततापूर्ण रहेको थियो ।
January 18, 2019 2:34 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग