प्रहरी निशानमा १९० डन, तयार भयो सूचि
काठमाडौं, ९ असार । उपत्यकामा गुण्डागर्दीमा संलग्न कति डन छन् ? प्रहरीले डनहरूको सूची बनाएको छ । जसअनुसार, उपत्यकामा १९० डन छन् । उनीहरूविरुद्ध प्रहरी आक्रामक बनेको प्रहरीले अप्रेसन थालेको छ ।गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३ जना नाइकेलाई त उच्च निगरानीमै राखेको छ । प्रहरीका अनुसार कपनका फुपू भनिने ३७ वर्षीय फुपुछिरिङ शेर्पा, सोल्टिमोडका ३७ वर्षीय वसन्तकुमार भुसाल, बालाजूका ३४ वर्षीय कान्छा भनिने दीपेन्द्र प्याकुरेल, काभ्रेका ३३ वर्षीय स्याल भनिने सञ्जीव लामा, रातोपुलका २४ वर्षीय आशिष राई, सोलुखुम्बूका २७ वर्षीय कृष्ण खड्का निगरानीमा छन् ।
त्यस्तै, गोंगबूका ३८ वर्षीय काले भनिने साजन महर्जन, चाँगु नारायणका फिस्टे भनिने ३५ वर्षीय रामेश्वर गौतम, सर्लाहीका ३१ वर्षीय श्याम मोक्तान, संखुवासभाको दिदिङ–१ का ३३ वर्षीय दुर्गाबहादुर राई, सामाखुसीका ३२ वर्षीय नेरू लामा, भक्तपुरका ५४ वर्षीय नवीन विष्ट, ठमेलका ४९ वर्षीय दीपक मनांगे भनिने राजीव गुरुङ, बसुन्धराका ३३ वर्षीय निरे भनिने रिजन पौडेल र महाराजगन्जका चक्रे मिलन भनिने ४५ वर्षीय मिलन गुरुङ यो सूचीमा छन् । उच्च निगरानीकै सूचीमा नयाँ बानेश्वरका ३६ वर्षीय उमेश लामा, बौद्धका केसी भनिने २८ वर्षीय प्रवीण खड्का, बौद्धकै दावा भनिने ३४ वर्षीय जितेन्द्र तामाङ, स्वयम्भूका २८ वर्षीय कारोतो गुरुङ र स्वयम्भूकै ३८ वर्षीय कर्मा घले पनि छन्
June 23, 2018 8:37 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: