जनकपुरमा दुःखद घटना, प्राधिकरणको लापरवाहीले यसरी गयो दुई जनाको ज्यान
जनकपुरधाम । प्रदेश नम्बर दुईमा नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण धनुषामा दुई जनाको मृत्यु भएको छ । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ मा ११ हजार भोल्टको नाङ्गो तारमा सटेर दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिराहा घर भई हाल जनकपुरधाममा बस्दै आएका जगरनाथ साह र धनुषा मिथिलेश्वर मवाहीका परमेश्वर मण्डल रहेका छन् । मृतकहरु ज ८ प ७७०९ नम्बरको बुलेट मोटरसाइकलमा सवार रहेका थिए ।
विद्युतको ११ हजार भोल्टको नाङ्गो तार बाटोमा भएको बेला मोटरसाइकलको लेगार्र्ड त्यसमा टाँसिएर एकजनालाई करेन्ट लागेको थियो । उनलाई बचाउन जाँदा अर्का व्यक्तिको पनि मृत्यु भएको हो । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण यस भन्दा पहिला पनि यस्तो घटना भएका थिए ।
नाङ्गो तार जमिनमा खसेको गुनासो गर्दा पनि नेपाल विद्युत प्राधिकरणले अटेरी गर्दा जमिनमा अलपत्र रुपमा तार खसेको थियो । मृतकहरुलाई जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ ।
January 20, 2019 12:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..