सनीकी छोरी निशालाई ११ जनाले अस्वीकार गरेका थिए !
सनी लियोनी यतिबेला धेरै जसो समय आफ्नो परिवारका सदस्यसँग बिताइरहेकी छन्। सनीलाई कहिले रेस्टुरेन्ट त कहिले इभेन्टमा देखिन्छ। शनिबार सनीलाई पति डेनियल वेबर र छोरी निशा कौर वेबरसँग देखियो। यो क्रममा निशा आफ्नी आमा र बुवाको हात समाएर घुम्दै गरेको देखिन्थ्यो। तर अचानक निशा आफ्नी आमाको काखमा जान खोजिन्। आफ्नो काममा आउन निशा रोएको देखेपछि सनीले उनलाई आफ्नो काखमा लिइनन् र शान्त गराइन्।
सनीको काखमा आउने वित्तिकै निशा रुन छोडिन् र हास्न थालिन्। सनी लियोनी तीन बच्चाकी आमा हुन्। एक छोरीबाहेक दुई छोरा नोह र अहसर पनि छन्। जसको जन्म सेरोगेसीबाट भएको हो।
थोरैमात्रै थाहा होला की सनीले ती बच्चीलाई धर्मपुत्रीका रुपमा अपनाएकी छन्, जसलाई पहिला ११ जनाले अपनाउन अस्वीकार गरेका थिए। बच्चीको रंग कालो भएका कारण आफूहरुले अपनाउन नसक्ने भन्दै ११ जनाले उनलाई अस्वीकार गरेका थिए।
धरै जसो परिवार बच्चाको रंग, अनुहार र बच्चाको मेडिकल हिस्ट्रीलाई लिएर निकै उत्सुक हुन्छन्। र त्यही आधारमा बच्चालाई अपनाउने वा नअपनाउने निर्णय गर्छन्। यही कारण निशालाई ११ जनाले अपनाउन अस्वीकार गरेका थिए। तर सनी र उनका श्रीमान डेनियलले यी सबै कुरामा ध्यान दिएनन्। र निशालाई धर्मपुत्रीका रुपमा स्वीकार गरे।
सनीेले पनि अन्य परिवारकै जस्तै गरी लाइनमा लागेर आफ्नो पालो कुरेर बसेका थिए। उनले सबै नियममा बसेर आफ्नो औपचारिकता पूरा गरेका थिए। सनीले ३० सेप्टेम्बर २०१६ मा साराको वेब पोर्टलमार्फत बच्चीलाई धर्मपुत्री बनाउन आवेदन दिएका थिए। आवेदनको नौ महिनापछि २१ जुन, २०१७ मा उनीहरुलाई बच्चीका विषयमा जानकारी दिइएको थियो।
January 20, 2019 12:37 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग