Saturday 4th April 2026

स्विट्जरल्याण्डद्वारा सर्बिया २–१ ले पराजित

8 years अगाडी

मस्को, ९ असार । फिफा विश्वकप २०१८ शुक्रबार राति भएको खेलमा स्विट्जरल्याण्डद्वारा सर्बिया २-१ ले पराजित भएको छ । स्विट्जरल्याण्डको जितका लागि खेलको ९०औँ मिनेटमा सक्विरीले गरेको सनसनी गोल नै निर्णायक बन्यो ।

सर्बियाका लागि मिट्रोभिकले डिबक्स भित्र ५औं मिनेटमै हेडिङ गोल गरेर १–० को अग्रता दिलाए । पहिलो हाफमा सर्बिया १–० ले अघि रहे पनि मध्यान्तरपछिको ५२औँ मिनेटमा सकाले स्विटजरल्यान्डलाई १–१ को बराबरीमा पुर्‍याए । खेलको ९०औँ मिनेटमा सक्विरीले उत्कृष्ट गोल गर्दा स्विटजरल्यान्ड २–१ ले विजयी भयो ।

यो जतिसँगै स्विटजरल्यान्डले रसिया विश्वकप फुटबल प्रतियोगिता नकआउट चरण सम्भावना यथावत् राखेको छ ।समूह ‘इ’ मा रहेको स्विट्जरल्यान्डले २ खेलबाट ४ अक बटुलेको छ । यसैगरी सर्बियले २ खेलबाट ३ अंक जोडेको छ । यही समूहमा रहेको पाँच पटकको विजेता ब्राजिलले पनि ४ अंक नै जोडेको छ । त्यसैगरी लगातार दुई खेल हारेर कोस्टारिका प्रतियोगिताबाट बाहिरिसकेको छ ।अब समूहको अन्तिम खेलबाट ब्राजिल, सर्बिया र स्विट्जरल्यान्डमध्ये दुई टिम नकआउट चरणमा पुग्ने छन् ।

          June 23, 2018 8:41 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...