Tuesday 17th March 2026

युएईमा युनिटी, नेपालमा रेस्टुरेन्ट

7 years अगाडी

वैदेशिक रोजगारीको क्रममा युएई आएर तिन वर्ष अगाडिदेखि मासिक रुपमा बचत अभियान चलाइरहेका केही युवाहरुले झापाको मुटु विर्तामोडमा एक रेस्टुरेन्ट संचालन गर्न लागेका छन् ।

इनोभेट ( INNOV8) नामको यो रेस्टुरेन्ट उक्त क्षेत्रको नमूना रेस्टुरेन्ट बन्ने दाबी युएईमा रहेका संचालक सदस्यहरुले बताएका छन् । विदेशमा सिकेको सीप र पैसालाई नेपाल भित्र्याउन यो रेस्टुरेन्ट स्थापना गर्न लागिएको हो ।

स्वादिष्ट स्वदेशी र विदेशी परिकारहरु पुर्वी नेपालका सबैलाई सरल र सहज रूपमा उपलब्ध गराउने लक्ष्यसाथ स्थापना गर्न लागेको यो रेस्टुरेन्ट गुणस्तर, सेवा र मुल्यको त्रिवेणि बन्ने संचालकहरुले दाबी गरेका छन् ।

“आजको बचत भोलीको सुनौलो बिहानी” भन्ने उदेश्य बोकी २०१६ मे महिनाबाट ११ जना झापालीहरुले मासिक रूपमा आफ्नो कमाईको थोरै अंश बचत गर्दै आएकोमा हाल ३१ जना रहदै यो अवस्थामा आएको समुहका एक सेयर सदस्य शेषराज न्यौपानेले जानकारी दिए ।

झापाली समाज युएईको सामाजिक सेवाको अभियानमा एकताबद्ध भएका ३१ जना ब्यावसायिक सोच भएका ब्याक्तित्वहरुले स्वदेश फर्केर अरुकोमा काम गर्नु नपरोस र बेरोजगारहरुलाई रोजगारी समेत दिन सकियोस् भन्ने दीर्घकालीन लक्ष्य लिएर यो रेस्टुरेन्ट ५० लाख रुपैयाँको पुँजीमा खोल्न लागेका हुन् ।

विर्तामोड चोकबाट उत्तर २०० मिटर अगाडि शनिश्चरे रोडको दोस्रो तलामा इनोभेट Innov8 नामको अत्याधुनिक र फरक स्वाद साथै विदेशी गुणस्तरको रेस्टुरेन्ट स्थापना गर्न लागेको युनिटी फरेन इन्भेस्टमेन्ट प्रा.लि का प्रवन्ध निर्देशक नरेश लामिछानेले बताएका छन् ।

युनिटी फरेन इनभेटमेन्ट प्रा.ली. को सिस्टर कम्पनी रहेको इनोभेट रेस्टुरेन्ट जस्तै आगामी दिनमा झापाका विभिन्न शहरहरुमा बिस्तार गर्दै जाने योजना रहेको बताए।

          January 21, 2019 11:38 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...