Tuesday 17th March 2026

प्रधानमन्त्रीले चाहे छिट्टै निर्मलाको हत्यारा पत्ता लाग्छ : कांग्रेस प्रवक्ता शर्मा

7 years अगाडी

कञ्चनपुर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले चाहे निर्मलाको हत्यारा चाँडै पत्ता लाग्ने बताए । सोमबार निर्मलाको घरमा पुगेर निर्मलाकी आमासँगको भेटमा शर्माले सरकारले चाहे हत्यारा चाडैँ पत्ता लाग्ने बताए ।

उनले घटनाका बारेमा प्रधानमन्त्री र गृहमन्त्रीलाई सबै कुरा थाहा भएको बताउँदै प्रधानमन्त्रीले सिंहदबारमा बसेर आफूलाई म पनि छोरीको बाबु हुँ भन्ने सोचे निर्मलाको हत्यारा चाँडै पत्ता लाग्ने बताए । ‘यो घटनालार्ई कसैले राजनीतिक रङ दिनु हुँदैन’,उनले भने‘प्रधानमन्त्रीले सिंहदरबारमा बसेर म पनि छोरीको बाबु हुँ भन्ने सोचे मात्रै पनि हत्यारा चाँडै पत्ता लाग्छ ।’

उनले सरकारले पूँजीवादको कारण घटना भएको बताउनु गैर जिम्मेवार रहेको बताए । ‘प्रमाण मेट्नेलाई नै समात्ने हो भने सबै पत्ता लाग्छ’, उनले भने ‘तर सरकारले पूँजीवादका कारण घटना भएको हो भन्नु गलत छ ।’

कांग्रेसले प्रतिपक्ष मात्र नभई मानवताको नाताले पनि निर्मलाको घटनामा आवाज उठाउँदै आएको उहाँले बताए । उहाँले दोषि पत्ता लगाउन सरकारलाई प्रतिपक्षको साथ आवश्यक परे आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै हत्यारा पत्ता लगाउन सरकार गम्भीर नबने कांग्रेसले देशै ठप्प हुने गरी विरोधका कार्यक्रम ल्याउने चेतावनीसमेत दिए।

‘प्रतिपक्षले असहयोग गरेर हत्यारा पत्ता नलागेको भए सरकाले सहयोग माग्नुपर्यो हामी सहयोग गर्छौँ’, उनले भने ‘तर हत्यारा पत्ता लगाउन सरकार गम्भीर नभए नेपाली कांग्रेस देशै ठप्प हुने गरी विरोधका कार्यक्रम ल्याउन तयार छ ।’

          January 21, 2019 1:45 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...