ग्लोबल मिसन पिक्चर्स अवार्ड सम्पन्न ,नन्दु राई बेस्ट अफ कम्पोजर
ग्लोबल एक्ट्रस फेरेडेसनले आयोजना गरेको ग्लोबल मोसन पिक्चर्स अवार्ड तथा सम्मान कार्यक्रम यस वर्ष दुबईमा भव्यताका साथमा सम्पन्न भएको छ । गत जनवरी १९ तारिख बरदुबईको एक होटेलमा आयोजना भएको अवार्ड वितरण कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट ब्याक्तित्वहरुले अवार्ड प्राप्त गरेका छन् । कार्यक्रममा नायकद्वय धिरेन शाक्य र रवीन्द्र खडकालाई सम्मान गरिएको उक्त कार्यक्रममा नेपालबाट ३५ जना कलाकारहरु युएई ल्याएर अवार्ड सम्पन्न गरेको आयोजक आरके सुवेदीले बताएका छन् । 
एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड कार्यक्रममा इनास अध्यक्ष रेखा घिमिरे लगायत विभिन्न क्षेत्रबाट अतिथिहरु उपस्थित भएका थिए । आयोजकले अघिल्लो दिन १८ जनवरीमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता गराएको थियो, उक्त खेलमा एनआरएनए युएई प्रथम, पिएनए समुह दोस्रो र आयोजक समुह तेस्रो भएका थिए । आयोजकले शुक्रबारै दिनको समयमा नेपालबाट आमन्त्रित नायक धिरेन शाक्य, रविन्द्र खडका लगायतका कलाकारहरुलाई क्रुजपार्टीको ब्यवस्था गरेको थियो । 
सफलताको शिखर चढदै नन्दु राई । युएईबाट नेपाली गीतसंगित क्षेत्रमा औपचारिक यात्रा थालेका धनकुटाका नन्दु राईले यो पटक पनि अवार्ड हात पारेका छन् । यो उनको तेस्रो अवार्ड हो । राईको पछिल्लो गीत नकाटी है चालीस बोलको गीतका लागि बेस्ट अफ कम्पोजर विधाको अवार्ड उनलाई दिइएको आयोजकले बताएका छन् । इन्द्र सेन्चुरीको शब्द रचनामा सिर्जित यो गीत युट्युबमा भाइरल बन्दै गएको छ । गायन, संगित सिर्जना र शब्द रचनामा अब्बल नन्दु राईले ३ दर्जन गीतको कम्पोज गरिसकेका छन् भने ७ सय गीत रचना गरिसकेका छन् । 
गायक नन्दु राई वैदेशिक रोजगारीपछी नेपाल फर्किएर नेपाली संगीतको क्षेत्रमा पुर्णकालीन समर्पित भएका थोरै कलाकर्मीमा एक प्रतिनिधि पात्र हुन । काठमाडौंमा बसी नेपाली संगीतको क्षेत्रमा क्रियाशील राईले यो अवधिमा १५ वटा अन्य गायकगायिकाका गीतहरु कम्पोज गरिसकेका छन् भने देशका विभिन्न शहरहरुमा आयोजित महोत्सवहरुमा उत्तिकै भाग लिइरहेका छन् । स्वदेशमात्रै होइन , गायनकै सिलसिलामा विदेश पनि निरन्तर गइरहेका छन् ।
युएईमै रहदा भर्सटायल गायकको रुपमा परिचित गायक राईले प्राप्त गरेको यो तेस्रो अवार्ड हो । यसभन्दा अगाडि युएईमै आयोजना भएको म्युजिक भिडियो अवार्ड-२०१८ मा बेस्ट गायकको उपाधी चुमेका राईले सिंगापुरमा आयोजित बक्स अफिस म्युजिक भिडियो अवार्डमा आइ लभ यु —- बोलको गीतका लागि अवार्ड पाएका थिए । परदेश आइयो, परदेशी भैयो—-, आपा र आमा—- सालैजो— जस्ता लोकप्रिय गीत गाइसकेका राईको आई लभ यु— बोलको गीत सर्वाधिक रुचाइएको गीत पनि हो ।
January 21, 2019 2:17 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..