निक जोनास प्रेमिका प्रियंका चोपडासँगै किन आए भारत ?
अभिनेत्री प्रियंका चोपडा अहिले अमेरिकी पप गायक निक जोनाससँगको प्रेमसम्बन्धका कारण चर्चामा छिन् । पछिल्लो समयमा दुवैको भेटघाट बाक्लिएको छ ।दुवैले आफ्नो अधिकांश समय एकअर्काको साथमा रहेर बिताइरहेका छन् । यसैबीच अहिले फेरि दुवै एक साथ भारत आएको खबर मिडियामा छाइरहेको छ । प्रियंकाका साथ निक जोनास भारत आएका छन् । निक प्रियंकाका साथ भारत किन आए त भन्ने कुरालाई लिएर मिडियाहरुले विभिन्न अड्कलहरु गरिरहेका छन् ।
खबरहरुका अनुसार प्रियंकाले भारतको मुम्बईमा एक नयाँ बंगला किनेकी छिन् । जसको मूल्य करिब १०० करोड रहेको छ । उनको यो बंगला निकै आलिशान रहेको छ । प्रियंकाले आफ्नो शानदार बंगलामा साथीहरुका साथ पार्टीको योजना बनाएकी छिन् । त्यही पार्टीमा प्रियंका निकलाई आफ्ना साथीहरुसँग भेटाउन चाहन्छिन् भने यही मौकामा आमा मधु चोपडासँग निकको भेट गराउने योजना प्रियंकाको रहेको छ ।
केही दिनअघि प्रियंका निकको परिवारमा भएको विवाहको कार्यक्रममा उपस्थित भएकी थिइन् । साथै निकका परिवारसँग रमाइलो गर्दै गरेका तस्बिरहरु सार्वजनिक भएका थिए । अहिले निक प्रियंकाको परिवारलाई भेट्न भारत आएका छन् । यसबाट जो कसैले पनि भन्न सक्छ प्रियंका र निक एक अर्काको गहिरो प्रेममा डुबिसकेका छन् ।तर प्रियंका र निकले भने आफूहरु प्रेम सम्बन्धमा रहेको कुरालाई न त सार्वजनिक रुपमा स्वीकार गरेका छन् न त सम्बन्धमा रहेको खबरहरु प्रति कुनै आपत्ति जनाएका छन् ।
June 23, 2018 8:59 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी