‘उरी–द सर्जिकल स्ट्राइक’ सय करोड कमाउँदै बन्यो वर्ष २०१९ को पहिलो सुपरहिट फिल्म
बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ले बलिउड फिल्म उद्योगमा एक नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । यस फिल्मले १०० करोडको व्यापार गर्दै सानो बजेटमै बनेका फिल्महरु मध्ये कम समयमै १ सय करोडको व्यापार गर्ने पहिलो फिल्म बनेको छ । फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ४० करोडको बजेटमा बनेको हो ।
पाकिस्तानी आतंककारीहरुको हमलापछि भारतीय सैनिकले गरेको सर्जिकल स्ट्राइकमा आधारित कहानीमा फिल्म निर्माण भएको छ । फिल्मले प्रदर्शनको १० औं दिनमा १ सय करोड कमाएको हो ।
सन् २०१९ को जनवरी ११ मा प्रदर्शनमा आएको यस फिल्मले प्रदर्शनको पहिलो दिनमै ८ करोड २० लाख रुपैयाँ कमाएको थियो । त्यसपछि प्रदर्शनको पाँचौं दिनमा ५० करोड कमाएको थियो भने आठौं दिनमा ७५ करोड र १० औं दिन सम्ममा १ सय करोडको व्यापार गर्न सफल भएको छ । निर्देशक आदित्य धारको निर्देशन रहेको फिल्म ‘उरी द सर्जिकल स्ट्राइक’ मा अभिनेता विक्की कौशलका साथै यामी गौतम र परेश रावलको पनि महत्वपूर्ण भूमिका रहको छ ।
January 22, 2019 12:19 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग