बिस्कुट, चाउचाउको खोल सडकमा फाल्नेलाई ५० हजार जरिवाना
काठमाडौं । प्रयोगपछि बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटको खोल लगायतका फोहोर सडकमा फाल्ने बानी छ ?छ भने त्यस्तो बानीलाई तुरुन्त त्यसलाई सुधार्नुस् । काठमाडौं महानगरपालिकाले यसरी सडकमा फोहोर फाल्ने माथि कारवाही थालेको छ ।महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा आफूले प्रयोग गरेका वस्तुको खोलहरु फाल्नेमाथि निगरानी बढाएको छ ।
महानगरपालिकाले तोकिएको स्थानमा तोकिएको समयमा राखेको नपाइएमा अनुगमन नियमन र नियन्त्रणमा आउने टोलीमार्फत कारवाही गर्ने चेतावनी दिएको छ । अनुगमन टोलीले फोहोर फाल्दै गरेको अवस्थामा भेटेमा फोहोरमैला व्यवस्थापन ऐन बमोजिमको कसुुर गर्नेलाई ५ हजार देखि ५० हजाररुपैयाँसम्म जरिवाना गर्ने बताएको छ ।काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले अब टोलीनै बनाएर शहरमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न लागेको हो ।
शरमा विभिन्न ठाउँमा स्मार्ट डस्टविन राख्न सुरु गरेलगत्तै महानगरपालिकाले यस्तो अभियान चलाएको हो । महनगरका एक अधिकारीका अनुसार शहरलाई स्वच्छ राख्न सुरुमा जनचेतनाका लागि प्रचारप्रसार गर्ने र अझै अटेर गरे कारवाही गर्ने योजना छ ।
‘आफूले खाएको बिस्कुटको खोल आफ्नो झोलामा राखेर सार्वजनिक स्थानको डस्टविनमा हाल्न सकिन्छ, घरमै लगेर विर्सजन गर्दा पनि सभ्य हुन्छ,’ ती अधिकारी भन्छन्,’अब यस्तो संस्कार बसाउन पनि यो अभियान सुरु गर्न लागिएको हो ।
January 22, 2019 1:01 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..