Tuesday 17th March 2026

दमकल र बस ठोक्किँदा २७ जना घाइते

7 years अगाडी

नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यबिन्दुमा बस र दमकल ठाेक्किँदा २७ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भिर छ ।

मध्यबिन्दु–१५ मा पर्ने अरुणखोला र चोरमाराबिच जंगलमाबुधबार बिहान साढे सात बजे काठमाडाैंबाट भैरहवाका लागि छुटेको लु १ ख ८७९७ नम्बरको बस र दाउन्नेबाट कावासोती आउँदै गरेको कावासोती नगरपालिकको लु १ ग ३१० नम्बरको दमकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

गम्भिर घाइते सात जनालाई चितवनको भरतपुर लगिएको र अन्य २० जनाको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको नवलपुरका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

मंगलबार रातिदेखि परेको पानीका कारण दुम्किबास–बर्दघाट सडक खण्ड हिलाम्य भएपछि हिलोपखाल्न चितवन र कावासोतीबाट दमकल दाउन्नेमा गएका थिए। हिलाम्य सडक पखालेर फर्कँदै गर्दा कावासोतीको दमकल र बस ठोक्किएका हुन्।

          January 23, 2019 10:28 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...