Tuesday 17th March 2026

विद्यालयको कक्षा कोठामा चट्याङ लागेर ६ कक्षामा पढ्ने विद्यार्थी सहित दुई जनाको मृत्यु, चार जना घाइते

7 years अगाडी

डडेल्‍धुरा, ९ माघ । डडेलधुरमा विद्यालयमा चट्याङ परेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका ४ गनेडाकी रोशनी देउवाको चट्याङ लागेर मृत्यु भएको हो । विद्यालयको कक्षा कोठामा पढ्दै गर्दा चट्याङ लागेर देउवाको मृत्यु गएको स्थानीय नरेन्द्र भट्टले जानकारी दिए। रोशनी स्थानीय भुवनेश्वरी मावि कक्षा ६ की छात्रा हुन्।

कक्षा कोठमा पढिरहेको अवस्थामा एक्‍कासी चट्याङ लागेर १३ वर्षीया रोशनीको मृत्यु भएको प्रहरीले जनाएको छ। । घाइते भएकी रोशनीको जिल्ला सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले बताए।

यस्तै, आलिताल गाउँपालिकाकै ५ भित्रीसैनमा पनि चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। मृत्यु हुनेमा आलिताल गाउँपालिका (३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेको प्रहरीले बताएको छ। थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए।

घाइते हुनेमा मानबहादुर विष्ट, गोमती, मनिसा भण्डारी र हरिना भण्डारी विष्ट रहेका छन्। चारैजनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

          January 23, 2019 1:53 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...