Tuesday 17th March 2026

चन्द्रागिरीमा हिउँ परेपछि तन्नेरीहरु यसरी रमाए हिउँमा (भिडियो सहित)

7 years अगाडी

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बुधबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेको थियो । त्यस्तैमा काठमाडौँको पश्चिमी डाँडो चन्द्रागिरीमा पनि हिमपात भएको थियो ।

दुई साता अघिमात्रै परेको हिउँको मजा भुल्न नपाउँदै उपत्यकावासीले यस वर्ष दोस्रो पटक चन्द्रागिरीमा हिउँ परेको हो । हिउँ परेपछि त्यहाँ आन्तरिक पर्यटकहरू थुप्रै हिउँको मनोरञ्जन लिन पुगेका थिए । त्यहाँका हरेक पाखापखेरा, थुम्को र डेउडीमा हिउँसँग रमाइरहेका युवा युवती तथा अन्य थुप्रै पर्यटकहरूको झुण्ड पनि देखिन्थ्यो।

हिउँमा रमाइरहेको केही व्यक्तिहरूसँग केन्द्रबिन्दु न्युजले कुरा गर्दा हिउँमा खेल्नुको मजा बेग्लै रहेका काठमाडौँमा पनि हिउँ पर्छ भन्दा अचम्म लागेको कुरा बताए । साथै चन्द्रागिरी आउनैपर्ने ठाउँ रहेको समेत बताए भने हिउँ खेल्ने हो भने पानी पर्ने बितिक्कै चन्द्रागिरी आउन समेत आग्रह गरेका थिए ।

हेर्नुस् केन्द्रबिन्दु न्युजले तयार पारेको यो भिडियोमा :

          January 24, 2019 11:53 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...