Tuesday 17th March 2026

अष्ट्रेलियामा वृद्ध कुटेको अभियोगमा नेपाली युवा प्रकाश पौडेललाई ८ महिना जेल

7 years अगाडी

सिड्नी। अष्ट्रेलियामा एकजना नेपालीलाई ८ महिना जेल सजाए तोकिएको छ। काम गर्ने ठाउँमा एक वृद्धमाथि हातपात गरेको आरोपमा अष्ट्रेलियामा कार्यरत प्रकाश पौडेललाई त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको हो।

नर्सिङ होम्समा डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेको भिडियो बिरामीको परिवारले सार्वजनिक गरेको थिए।

एबीसी न्युज च्यानलका अनुसार गत सेप्टेम्बरमा बुपा अन्तर्गत उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्मा कार्यरत ३६ वर्षीय पौडेलले ८२ वर्षीय वृद्धमाथि हातपात गरेका भिडियो सार्वजनिक भएको थियो। पौडेलले गत महिनानै कानुनी कारबाहीका क्रममा गल्ती भएको र क्षमा दिन आग्रह गरे पनि परिवारले अदालतमा मुद्दा दायर गरेका थिए।

भिडियाे :

          January 24, 2019 3:16 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...