ऐश्वर्याले म्यासेज रिप्लाई नगरेपछि रिसाइन उनकी नन्द
एजेन्सी। बलिउड निर्देशक करण जोहरको शो ‘कफि विथ करण’ अहिले सर्वाधिक चर्चामा रहन सफल भएको छ । उनको शो मा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरु आउँने गर्दछन् ।
हालैं दुई जना क्रिकेटर ल्याएर विवादमा आएका करण यस्तैं कुराहरुले सधैं चर्चामा आउँने गर्दछन् । उनैं जोहरको शोमा अभिनेता अभिषेक बच्चन आफ्नी दिदी श्वेता नन्दासँग पुगेका थिए । दिदी –भाइले कार्यक्रममा बच्चन परिवारसँग जोडिएका थुप्रै कुराहरुको खुलासा गरेका थिए ।
मोडल, पत्रकार तथा कार्यक्रम प्रस्तोता श्वेताले भाई अभिषेक बच्चनको प्रशंसा गर्दै भनिन्, ‘अभिषेक असल भाई मात्रै नभएर असल श्रीमान पनि हो । साथै परिवारको लागि पनि कुशल सदस्य हो । ऊ परिवारको लागि सधैँ इमानन्दार रहन्छ ।’
साथै, उनले ऐश्वर्याको विषयमा पनि बोलेकी थिइन् । कार्यक्रमको र्यापिड फायर राउन्डमा करणले ऐश्वर्याको कुन बानी मन पर्दैन भन्ने जवाफमा उनले भनिन्, ‘ऐश्वर्या म्यासेज र फोन कलको जवाफ दिन निकै लामो समय लगाउँछिन् । मलाई उनको यो बानी पटक्कै मन पर्दैन ।’
January 25, 2019 1:06 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग