कहाँ कहाँ हुँदैछ लोडसेडिङ ?काठमाडौंमा आज ९ घण्टा लोडसेडिङ हुने
8 years अगाडी
Susma Dhakal
काठमाडौंका केही स्थानमा आज (शनिबार) दिनभर लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भारका लागि ठमेल लगायत क्षेत्रमा बिहान ८ बजेदेखि ९ घण्टा लोडसेडिङ गर्न लागेको हो।
११ केभी प्रसारण लाइन अन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्स’का लागि शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म लैनचौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तिसार क्षेत्रमा लोडसेडिङ भइरहेको प्राधिकरणले जनाएको छ ।
यसैगरी प्राधिकरणकाअनुसार नक्साल नारायण चौर, प्रहरी हेड क्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा लोडसेडिङ भइरहेको छ ।
June 23, 2018 9:48 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...