प्रियंका चोपडाले किनिदिइन् कुकुरलाई ५७ हजारको ज्याकेट !
अभिनेत्री प्रियंका चोपडा निक जोनससँगको बिहेपछि यतिबेला अमेरिकाको लस एञ्जलसमा बस्दै आएकी छिन् । उनी अहिले आफ्नो युट्यूब च्यानलको काममा व्यस्त रहेको बताइन्छ ।
त्यो बाहेक पनि उनी आफ्नो कुकुर ‘डायना चोपडा’ का कारण चर्चामा छिन् । हालै मात्र उनले आफ्नो कुकुर डायनाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । तस्बिरमा कुकुर बेडमा बसिरहेको र हुडी ज्याकेट लगाएको देख्न सकिन्छ ।
प्रियंकाले फोटोसँगै क्याप्सन लेखेकी छिन्, ‘लस एञ्जलसमा निकै चिसो छ । ज्याकेटका लागि मोन्क्लरलाई धन्यवाद ।’कुकुरलाई ज्याकेट त सबैले लगाइदिन्छन् । तर प्रियंकाको कुकुरले लगाएको ज्याकेटको मूल्यले भने सबैलाई चकित तुल्याउनेछ ।
प्रियंकाको कुकुरको ज्याकेटको मूल्य ५७ हजार नेपाली रुपैयाँ रहेको इन्डिया टुडेले जनाएको छ । यसअघि प्रियंकाको कुकुरको ज्याकेटको मूल्य ५१ हजार ६ सय ५४ अमेरिकी डलर(झण्डै ५९ लाख नेपाली रुपैयाँ) भएकाेमा सच्याएका छाैँ ।
January 26, 2019 10:06 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग