प्रियंका चोपडाले किनिदिइन् कुकुरलाई ५७ हजारको ज्याकेट !
अभिनेत्री प्रियंका चोपडा निक जोनससँगको बिहेपछि यतिबेला अमेरिकाको लस एञ्जलसमा बस्दै आएकी छिन् । उनी अहिले आफ्नो युट्यूब च्यानलको काममा व्यस्त रहेको बताइन्छ ।
त्यो बाहेक पनि उनी आफ्नो कुकुर ‘डायना चोपडा’ का कारण चर्चामा छिन् । हालै मात्र उनले आफ्नो कुकुर डायनाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । तस्बिरमा कुकुर बेडमा बसिरहेको र हुडी ज्याकेट लगाएको देख्न सकिन्छ ।
प्रियंकाले फोटोसँगै क्याप्सन लेखेकी छिन्, ‘लस एञ्जलसमा निकै चिसो छ । ज्याकेटका लागि मोन्क्लरलाई धन्यवाद ।’कुकुरलाई ज्याकेट त सबैले लगाइदिन्छन् । तर प्रियंकाको कुकुरले लगाएको ज्याकेटको मूल्यले भने सबैलाई चकित तुल्याउनेछ ।
प्रियंकाको कुकुरको ज्याकेटको मूल्य ५७ हजार नेपाली रुपैयाँ रहेको इन्डिया टुडेले जनाएको छ । यसअघि प्रियंकाको कुकुरको ज्याकेटको मूल्य ५१ हजार ६ सय ५४ अमेरिकी डलर(झण्डै ५९ लाख नेपाली रुपैयाँ) भएकाेमा सच्याएका छाैँ ।
January 26, 2019 10:06 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी