जिरी पुग्ने आन्तरिक पर्यटकको लागि विशेष छुट
दोलखा । पर्यटकीय ठाउँ जिरी नगरपालिका पुग्ने आन्तरिक पर्यटकको लागि विशेष छुट सहितको प्याकेज ल्याइएको छ । उद्योग वाणीज्य संघ जिरी शाखाको अगुवाईमा बसेको जनप्रतिनिधि, होटल व्यवसायी सहितको बैठकले जिरी पुग्ने आन्तरिक पर्यटकको लागि कोठा भाडामा ५० प्रतिशत छुट दिइने निर्णय गरिएको हो । यो योजना माघ १५ गतेदेखि सुरु भई बैशाख पहिलो हप्तासम्म लागू हुनेछ ।
बस्नमा ५० प्रतिशत छुट दिने निर्णय गरिए पनि खानामा भने विशेष छुट दिने उद्योग वाणीज्य संघ जिरी शाखाले जनाएको छ । जिरी नगरपालिकाभित्र सञ्चालनमा रहेका होटलले आन्तरिक पर्यटकलाई बस्नका लागि ५० प्रतिशत छुट दिनेछन् ।
नेपालको स्विटजरल्याण्ड भनेर चिनीने पर्यटकीय नगरी जिरीमा पर्यटकको संख्या बढाउने उद्देश्यका साथ यस्तो योजना ल्याइएको जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले जानकारी दिनुभयो । भूकम्पपछि जिरीमा सुविधा सम्पन्न होटल तथा लजहरु सञ्चालनमा रहेका छन् ।
January 27, 2019 10:37 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..