‘बोल मायाँ’ मा दर्शक रुवाउने अञ्जली तीज गीत ‘मुख चुच्चो पार’ मा यसरी कम्मर मर्काउदै (भिडियो)
काठमाडौं– केही समय अघि मात्रै प्रकाश सपुतको ‘बोल मायाँ’ बोलको गीतमा अभिनय गरेर दर्शकको मन जितेकी मोडल अञ्जली अधिकारीको तीजको गीतमा छमछमी कम्मर भाँचेको भिडियो सार्वजनिक भएको छ । सम्पूर्ण दर्शकलाई भावुक बनाएकी मोडल अञ्जलीले फेरि एकपटक दर्शकलाई रमाईलो प्रदान गरेकी छिन् । गायिका एलिना खनालको तीज गीत ‘मुख चुच्चो पार’ बोलको गीतमा मोडल अञ्जलीसँगै सुजन कोइरालाले पनि कम्मर मर्काएका छन् । उनीहरुसँगै कमेडी कलाकार अर्जुन कुँवरको अभिनय रहेको छ । उक्त गीतमा गायिका एलिनासँगै गणेश अधिकारीको पनि आबाज रहेको छ ।
गणेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । सुत्र इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो । हिन्दु नारीहरुको महान चाड तीजमा नारीहरुले ब्रत बस्ने र नाचगान गर्ने परम्परा रही आएको छ यसै चाडलाइ समेटेर थुप्रै तीज गीत हरु बन्ने गर्दछन ।
June 23, 2018 10:25 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी