डाक्टर केसीसँगको सहमति कार्यान्वयन गर्न पूर्वप्रधानन्यायाधीश श्रेष्ठको माग
काठमाडौं। पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चिकित्सक डाक्टर गोविन्द केसीसँगको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना तथा उनको मागमा ऐक्यवद्धता जनाउन मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेका पूर्व प्रधानन्यायाधीश श्रेष्ठले अबिलम्ब डाक्टर केसीसँगको सहमति कार्यान्वयन गर्न माग गरेका हुन्।
उनले बहुमतको प्रयोग अख्तियारी देखाउन नभई विवेकसम्मत काम गर्नमा प्रयोग गर्न सरकारलाई सुझाव दिए। डाक्टर केसीलाई स्वास्थ्यलाभको कामना गरी फर्किँदै गर्दा संचारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा उनले आफू कुनै राजनीतिक कित्तामा जोडिन नभई समूदायको हितको प्रतिरक्षाका लागि लडेका डाक्टर केसीको जीवनरक्षाको पक्षमा रहेको बताए।
उनले भने, ‘गोविन्द केसीको जीवन नेपाली सार्वजनिक समूदायको हितको प्रतिरक्षाको एउटा प्रमुख पात्रको रुपमा छ। उहाँ हार्नु भो भने सार्वजनिक प्रतिरक्षा प्रणालीले हार्छ।’ उनले सरकारले जवाफदेही ढंगले डाक्टर केसीमा माग सम्बोधन गर्नुपर्नेमा जोड दिए।
सरकार र डाक्टर केसीबीच संवादहिनताको अवस्थाले मुलुक नया चरणको द्वन्द्वमा फस्ने खतरा बढाएको भन्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले सरकारलाई संवादका सबै ढोका खुल्ला राख्न आग्रह गरे। इलाम पुगेर १६ औ सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रेपछि काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।
January 29, 2019 4:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..