Tuesday 17th March 2026

सप्तरीमा एक किशोरीको अर्धनग्न अवस्थामा शव फेला

7 years अगाडी

लहान । अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ। सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी बडहीको शव अर्धनग्न अवस्थामा आफ्नै घरमा भेटिएपछि प्रहरीले मृतकका बबु तुरुन्तीलाल बडहीलाई पक्राउ गरेको हो। सरिताको शव गएराति अर्धनग्न अवस्थामा आफ्नै घरभित्र फेला पारेको जनाएको छ।

घरको भित्रबाट चुकुल नलागेको, शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको केही भागमा चोटपटक तथा गालामा दाँतले टोकेको जस्तो दागसमेत देखिएकाले घटना शङ्कास्पद लागेकाले मृतकका पिता तुरन्तीलाललाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। शव भित्ता छेउमा खाटमुनि लडेको र मृतकका बाबु घरबाहिर बरण्डामा सुतिरहेको तथा मृतककी आमासमेत फरार रहेकाले घटना थप रहस्यमय भएको स्थानीयवासीले आशङ्का गरेका छन्।

          January 29, 2019 7:03 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...