Saturday 4th April 2026

आफ्नो देश आफैले बनाउने हो, अरुले बनाइदेला भन्ने सपना मात्रै होः सञ्चारमन्त्री

8 years अगाडी

भक्तपुर, असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो देश बनाउनका लागि आफै लागिपर्नुपर्ने बताएका छन् ।सूर्यविनायक नगरपालिकाको तेस्रो नगरसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले लिएको संकल्प पूरा गर्न सरकार लागिपरेको भन्दै आगामी पाँच वर्षभित्रमा सरकारले देशको मुहार फेर्ने संकल्प लिएको उल्लेख गरेका छन् । मन्त्री बास्कोटाले आफ्नो देश आफै बनाउनुपर्ने बताएका छन् । उनले विश्वमा कुनैपनि मुलुक अर्काे मुलुक आएर नबनाउने भन्दै ‘हाम्रो देश बनाउने संकल्प सरकारले लिइसकेको छ, त्यो आगामी पाँचवर्षमा पूरा हुनेछ ।’

जनप्रतिनिधि आफैँप्रति आफू इमान्दार भएमात्रै सरकारको संकल्प पूरा हुने बताउँदै उनले तीनवटा सरकार भएपनि आफ्नो कार्यक्षेत्रको काम आफैँले गर्नुपर्ने बताए निर्वाचनमा गरिएको घोषणापत्र पाँचवर्षभित्र जनताले पल्टाई पल्टाई खोज्दा आफूले मुख फर्काउनु पर्ने अवस्था आउनु नहुनेमा उनको जोड थियो । मन्त्री बाँस्कोटाले काम गर्नै नसक्ने गरी धेरै योजना पेश गर्ने, काम नगर्ने तर धेरै भाषण गर्ने र सदाचारको कुरा गर्ने, तर भित्रभित्र बेइमान र राज्यको ढुकुटी लुट्ने कार्य नगर्न जनप्रतिनिधिलाई निर्देशन दिए मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट नेपाललाई ऐतिहासिक उपलब्धि हासिल हुने समेत उल्लेख गरेका छन् । प्रधानमन्त्रीको जारी चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको बताए ।

          June 23, 2018 11:17 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...