Tuesday 17th March 2026

‘भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या’ — प्रधानमन्त्री केपी शर्मा ओली

7 years अगाडी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अधिकारका लागि सहीद हुनुनपर्ने बताएका छन् । सहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘हिजो राज्यले जनता र सेना प्रहरीलाई आपसमा भिडाएर मारामारको स्थिती सृजना गथ्र्यो । अब त्यस्तो अवस्था छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले अधिकारका लागि लडिने लडाईं पुरा गरेका छौं । अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले अब सहीद हुनु पर्दैन ।’

प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतन्त्रको स्थापना भएपछि अधिकारको समानता भएको समेत उल्लेख गरे । ‘हामीले अधिकारमा समानता हासिल गरिसकेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अब अवस्थामा पनि समानता स्थापित गर्ने चरणमा हामी छौं ।’

सुशासन र आर्थिक विकास मार्फत देशमा समानता कायम गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले प्रकृतिले धनी बनाएको देशलाई मानिसले गरिब बनाउन नसुहाउने बताए । ‘नेपाललाई प्राकृतिले सम्पन्न र धनी देश बनाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मानिले यस देशलाई गरिब बनाउनु हुँदैन । यी स्रोत र साधनको प्रयोग गरेर थप समृद्ध बनाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले सबैलाई लोभ, लालच र भ्रष्टाचार त्याग्न आग्रह गरेका थिए । ‘आज सहीद दिवशको दिन । आजै संकल्प गरौं अब कसैले पनि भ्रष्टाचार नगरौं । देशको सबैभन्दा ठुलो समयस्या भ्रष्टाचार हो । यसबाट देशलाई मुक्त गरौं ।’ सरकार देश र जनताप्रति निष्ठावान भएकोले आग्रह पूर्वाग्रह विना काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले कार्यक्रममा लैनचौर स्थित सहीद स्मारकमा माल्यर्पण गरेका थिए ।

          January 30, 2019 12:57 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...