सारा अली खानले भनिन् ‘करिना कपूर मेरी आमा होइनन्’
मुम्बइ। बलिउडमा भर्खरै डेब्यू गरेकी सैफ अली खानकी छोरी सारा अली खानले सौतेी आमा करिना कपुरबारे निकै कडा बयान दिएकी छिन् । उनले करिना आफ्नी आमा नभएको बताइन् । साराले भनिन् उनी मेरा पिताकी पत्नी मात्र हुन् मेरी आमा होइनन् ।’ सारा सैफकी पूर्वपत्नी अमृताकी छोरी हुन् । साराले यी कुरा एक अन्तरवार्तामा भनेकी थिइन् । यो अन्तरवार्ता अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।
फिल्मफेयरलाई दिएको साराको यो अन्तरवार्तामा उनी निकै आत्मविश्वासी देखिएकी छिन् । साराले आफूले करिनाको वार्डरोबबाट सबै चीज लिन चाहेको बताइन् । साराले आफूलाई करिनाको कलेक्सन निकै मन पर्ने बताउँदै विशेष गरी करिनाका जुत्ता निकै मन पर्ने बताइन् । आफूले पाएमा करिनाका भएजति सबै जुत्ता लिने साराको भनाइ थियो ।
साराले आफू करिनाको निकै ठूलो फ्यान भएको बताइन् । उले भनिन् ‘मानिसहरु भन्छन् तिमीले करिनालाई मनदेखि माग्यौ त्यसैले उनी मेरी सौतेनी आमा बनिन् ।’ साराले आफू र करिना रामे साथी भएको बताइन् । ‘उनी कहिल्यै मेरी आमा बन्न आइनन्’ साराले भनिन् ‘उनी केवल मेरा पिताकी पत्नी हुन् ।’ साराले आफू प्रेममा नभएको र अहिलेसम्म प्रेममा विछोडसमेत नभएको बताइन् ।
January 30, 2019 1:04 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग