विद्युत सर्ट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट
7 years अगाडी
Susma Dhakal
संखुवासभा – संखुवासभाको सभापोखरी गाउँपालिका–१, लुङगेली भन्ने ठाउँमा एक घर जलेर नष्ट भएको छ । स्थानीय दिलबहादुर लुङगेलीको घरमा बुधबार आगलागी हुँदा अन्दाजी २ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीको अनुसार, विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट लुङगेलीको ढुङगा माटोले बनेको १ तले घर, घरभित्र रहेको लत्ताकपडा, नगद १० हजार, अन्नपात १ तोला चाँदी र २ थान मोबाइल जलेर नष्ट भएको हो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो भने मानवीय र पुशचौपायाको भने कुनै क्षति नभएको जल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
January 30, 2019 4:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
Loading...