पाँच किलो गाँजा बोकेर भारत जाँदै गरेका एक जना पक्राउ
5 years अगाडी
Susma Dhakal
वीरगञ्ज । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागुऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन्।
जाँच गर्दा निजले झोलाभित्र लुकाई पाँच किलो तयारी गाँजा भारततर्फ लैजान लागेकाले पक्राउ गरिएको निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खड्काले हामीलाई बताए।
गाँजासहित पक्राउ परेका हजामलाई कारवाहीका लागि इनर्वास्थित प्रहरी चौकीमा पठाइएको छ। रु तीन हजार प्रतिकिलोका दरले तस्करले सो गाँजा खरीद गरी भारतमा रु १५ देखि २० हजार प्रतिकिलोमा बेच्न सकिने भएकाले यस्को तस्करी बढेको बताइएको छ।
January 31, 2019 11:20 am | समाचारप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१ मा गर्ने
नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१ मा
कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन २०२४ मा आयोजना हुँदै
कुवेतमा मृत्यु भयका तिन जानाको शव नेपाल आइपुग्यो
सहकारी सुधारमा इटहरी : सञ्चालकको सम्पत्ति विवरण माग गर्ने, अटेर गर्ने सहकारीलाई कारबाही
तमू समाज कुवेतद्धारा “आठौ बृहत रक्तदान कार्यक्रम” मे ३ तारिख गर्ने
कुवेतमा नेपाली चलचित्र ‘अगस्त्य’ मार्च १४ बाट प्रदर्शन हुने भएको छ
विश्वकर्मा एकता समाज कुवेतले मुटुरोगी बालकलाई ४४ हजार बढी आर्थिक सहयोग
Loading...