Tuesday 17th March 2026

५ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

7 years अगाडी

दाङ – ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दाङमा एक किशोरलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं २ रामपुरका १८ वर्षीय मुकेश विकलाई प्रहरीले पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नं ४ की ५ वर्षीया बालिकालाई गएको शनिबार घर नजिकैको खोलामा लगेर जबरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका विकलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद (१८ को दफा २१९ बमोजिम (करणी सम्बन्धी) कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको र बालिका सामान्य उपचार पछि अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

          February 1, 2019 11:20 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...