डा केसीको जीवनरक्षाको माग गर्दै देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
काठमाडौं, १८ माघ । गोविन्द केसीको जीवनरक्षाको माग गर्दै डाक्टरहरुले शुक्रबार देशभरीका अस्पतालमा आकस्मिकबाहेक अन्य कक्षमा काम नगर्ने भएका छन् । २४ दिन भैसक्दा पनि डाक्टर केसीको अनशन तोडाउन सरकारबाट कुनै पहल नभएपछि सरकारको ध्यानाकर्षण गराउन शुक्रबार सरकारी तथा नीजि अस्पतालका आकस्मिक बाहेकका कक्षमा काम नगर्ने घोषणा गर्नुपरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्ति श्रेष्ठले जानकारी दिनुभयो ।
डा. केसीका बारेमा सरकार गम्भीर नभएपछि बाध्य भएर उपचार सेवा नै बहिष्कार गर्नुपरेको उहाँको भनाई छ । २४ दिनदेखि अनसनमा रहेका डाक्टर केसीको उपचारमा संलग्न डाक्टरले उहाँलाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने भने पनि केसीले आईसीयूमा भर्ना हुन मान्नुभएको छैन । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनको माग गर्दै केसी अनशनमा बसे पनि दुवै सदनबाट बहुमतले यो विधेयक पारित भैसकेको छ ।
यसैबीच अनसन तत्काल तोड्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले डाक्टर केसीलाई आह्वान गरेको छ । नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ऐन बन्ने प्रक्रियामा रहेकाले यो ऐन कार्यान्वयन गर्नको लागि अनसन तोडेर छलफलमा आउन पनि डाक्टर केसीसँग आग्रह गर्नुभयो । डाक्टर केसी र विज्ञसँगको छलफलपछि नै डाक्टर केसीको माग अनुसार विधेयक तयार गरिएको उहाँले दाबी गर्नुभयो ।
February 1, 2019 1:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..