नेविसंघले जलायो पोखरा महानगरपालिकाको गाडी
कास्की – सरकारविरुद्ध आन्दोलनरत नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिक पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको छ ।
संघले आज देशैभर सरकारी गाडी रोक्ने कार्यक्रम राखी आन्दोलन गरेको छ । यसै सिलसिलामा शनिबारको दिन बिहानै चलाइएको सरकारी गाडी जलाएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा कास्कीका नेता सरोज केसीले जानकारी दिनुभएको छ । नेपाल विद्यार्थी संघले सरकारी गाडीमा निरन्तर निगरानी राखेको पनि उहाँले बताउनुभयो ।
यो गाडी पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन उहाँको डेरा मासबार गएको थियो । गाडीमा रहेका व्यक्तिहरुलाई झारेर विद्यार्थीहरुले आगो लगाएका थिए । दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा छ । आगो लगाउने विद्यार्थीहरु मोटरसाइकल चढेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।
February 2, 2019 12:27 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी