भाइ तुसार कपूरले जस्तै सरोगेसीमार्फत आमा बनिन् एकता कपूर
भारतीय टेलिभिजन शो तथा फिल्म निर्मात्री एकता कपूर सरोगेसीका (अरुकै गर्भाशयमा शुक्राणु राखेर सन्तान जन्माउने प्रक्रिया ) माध्यमबाट आमा बनेकी छिन् ।खबरहरुका अनुसार ४३ वर्षीया एकता कपूर यही जनवरी २७ मा सरोगेसीमार्फत छोराकी आमा बनेकी हुन् । एकता कपूरले अहिलेसम्म विवाह गरेकी छैनन् ।
एकता कपूरका भाइ तथा अभिनेता तुषार कपूर पनि ३९ वर्षको उमेरमा सन् २०१६ मा सरोगेसीबाटै एक छोराका बुवा बनिसकेका छन् । तुषार कपूरका छोराको नाम लक्ष्य राखिएको छ भने उनी साढे दुई वर्षका भए । तुषार कपूरले पनि अहिलेसम्म विवाह गरेका छैनन् । एकता कपूर बालाजी टेलिफिल्म्सकी जोइन्ट म्यानेजर हुन । एकताले निर्माण गरेका सासुबुहारी टेलिभिजन सिरियलका कारण निकै नै चर्चित निर्मात्रीको रुपमा परिचित छिन् ।
उनले निर्माण गरेका सिरियल ‘हम पाँच, ‘क्योंकी सास भि कभि बहु थी, कहानी घर–घर की, कसौटी जिन्दगीकी जस्ता सिरीयलबाट निकै नै चर्चा कमाएकी थिइन् । अहिले उनकै निर्माणमा ‘कुम कुम भाग्य, नागिन, कयामत कि रात जस्ता टेलिभिजन शोहरु चलिरहेका छन्। साथै एकता कपूरले गत वर्ष निर्माण गरेको फिल्म‘विरे दि वेडीङ’ले एक सय करोडको ब्यापार गरेको थियो ।
February 3, 2019 11:49 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग