यसो गर्नुस् मोबाइलकाे सुरक्षा अपनाउन
काठमाडौँ, २० माघ । आजकल प्रायः मानिस व्यस्त छन् । कतिपयको व्यस्तता यति चर्को छ कि बिहान सबेरैदेखि राति अबेरसम्म कामैकाम हुन्छ । यस्तो जीवन शैलीले राम्ररी मोबाइल चार्ज गर्न पनि पाइदैन या पाइए पनि आवश्यक समयसम्म टिक्दैन । अझ, तपाईको मोबाइलको ब्याट्री कमजोर छ । वा समय नभएका कारण रातभर मोबाइल चार्ज गरेर छोड्ने गर्नुहुन्छ । यदि, यस्तो हो भने यी कठिनाइबाट यसरी छुटकारा पाउन सकिन्छ ।
अहिले देशमा लोडसेडिङ छैन । त्यसैले तपाईलाई मोबाइल राम्रोसँग चार्ज गर्न समस्या छैन । यसो भनेर मोबाइल धेरैबेर चार्ज नगर्नुहोस । सामान्यतया तीन घण्टा मोबाइल चार्ज गर्दा हुन्छ ।
लोडसेडिङ हुँदा पावर बैंकबाट मोबाइल बढी चार्ज गर्न प्रचलन थियो । यसो गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना हुन्छ ।जहिले पनि चार्ज गर्दा मोबाइल खरिद गर्दा लिएको चार्जर नै प्रयोग गर्नुपर्छ । या भनौँ उही कम्पनीका चार्जर प्रयोग गर्दा ब्याट्री लामो समयसम्म टिक्छ ।
मोबाइल खरिद गरेको एक वर्षसम्म कम्पनीकै जिम्मामा हुन्छ । या भनौँ ब्याट्री र चार्जरको वारेन्टी नै हुन्छ । बरु मोबाइललाई पानीबाट भने जोगाउनु पर्छ । पानीबाट नजोगिँदा ब्याट्री मात्र होइन, मोबाइल नै बिग्रने डर हुन्छ ।
February 3, 2019 12:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..