अवैध रुपमा विदेश लैजान खोजिएका सय बढि नेपाली महिलाको उद्दार
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २० माघ । अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १ सय भन्दा बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरिएको छ ।
म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको अवस्थामा उनीहरुलाई इम्पल्स एनजीओ नेटवर्क नामक संस्थाको सहयोगमा मणिपुर पुलिसले म्यानमारको सीमा क्षेत्रबाट उद्दार गरेको हो । नेपाली महिलाहरुलाई अवैध रुपमा मणिपुरको बाटो भएर म्यानमार लैजान खोजेको सूचना भने माइती नेपालले दिएको थियो ।
त्यसआधारमा मणिपुर प्रहरीले शुक्रबार विहानबाटै सर्च अपरेशन चलाएको थियो । त्यसपक्रमा विभिन्न ठाउँबाट १०० बढी नेपालीलाई उद्दार गरिइएको माइती नेपालले पुष्टि गरेको छ । उनीहरुलाई छिट्टै नेपाल ल्याउने तयारी भैरहेको बताइएको छ ।
February 3, 2019 12:18 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...