प्रेमी हिमांश कोहलीसँग ब्रेकअप पछि नेहा कक्कडले जवाफमा गाइन् ‘तेरा घाटा’
बलिउड फिल्म उद्योगकी चर्चित गायिका नेहा कक्कड पछिल्लो समय उनको गीतका कारण भन्दा पनि उनको व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । केही समयअघि नेहा कक्कड र उनका प्रेमी हिमांश कोहलीबीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो । नेहा स्वयमले सामाजिक संजालमा आफ्नो ब्रेकअप भएको कुरा लेखेकी थिइन् ।
नेहाले सामाजिक संजालमा लेखेकी थिइन् ‘मलाई थाहा थिएन की यो संसारमा यति खराब व्यक्तिहरु पनि हुन्छन् । तर मैले सबै कुरा गुमाइ सकेपछि होस आएको छ । मैले मेरो सबै कुरा दिए तर बदलामा मैले के पाएँ भन्ने कुराको बारेमा केही भन्न पनि सक्दिनँ ।
’यसैबीच नेहा कक्कडले यूट्युब च्यानलमा एक भिडियो शेयर गरेकी छिन् । यस भिडियोमा नेहा ‘तेरा घाटा’ बोलको गित गाइरहेकी छिन् । नेहाको यो गीत सार्वजनिक भएसँगै उनले यो गीत उनका पूर्वप्रेमी हिमांश कोहलीलाई जवाफ दिनकै लागि गाएको भन्ने चर्चा चलिरहेको छ । तेरा घाटा बोलको ओरिजिनल गीत गायक गजेन्द्र वर्माले गाएका हुन् ।
नेहा कक्कडले ब्रेकअप पछि उनको इन्स्ट्राग्राम अकाउन्टमा आफू डिप्रेशनमा रहेको कुरा लेखेकी थिइन् । साथै उनले इन्स्ट्राग्राममा हिमांश कोहलीसँगका तस्बिरहरु पनि सबै डिलिट गरदिएकी थिइन् ।
February 3, 2019 2:29 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग