

क्रिकेटमा चम्केर मात्र हो नत्र अनुष्का शर्माको अघि विराट कोहली अनपढ जस्तै हुन् !

वर्षको चर्चित जोडी भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले गत ११ डिसेम्बरमा इटलीको फ्लोरेन्सस्थित बोर्गो फिनोसिटो रिसोर्टमा विवाह गरेका थिए। यी दुई स्टार जोडीबीच कसले बढी पढेका छन्, यो उनीहरूको धेरै समर्थकलाई पनि थाहा नहुन सक्छ। दुवै आफ्नो विधाका सुपरस्टार हुन्। तर, अनुष्का शर्माले विराट कोहलीभन्दा बढी पढेकी छिन्।
भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार अनुष्काले आर्ट्स विषयमा स्नातक गरेकी छिन् भने इकोनोमिक्समा स्नाकोत्तर गरेकी थिइन्।अनुष्काले अन्तर्वार्ताका क्रममा भनेकी थिइन्, ‘म स्कुल र कलेजमा टपर हुनेगर्थें। तर, मलाई थाहा थियो, मेरो लक्ष्य मोडलिङ नै हो। म पढाई पूरा भएपछि मात्र मोडलिङमा प्रवेश गर्न चाहन्थें।’
मोडलिङ सुरु गरेपछि धेरैले आफ्नो आमा–बुवासँग यो विषय उठान गरेको उनले बताएकी थिइन्। त्यतिबेला आफ्नो आमा–बुवाको उत्तरको विषयमा उनले भनेकी थिइन्, ‘हो छोरीले मोडलिङ गर्न थालिन्। तर, उनी स्कुलको टपर पनि त हुन् नि।’
मिडिया रिपोर्ट अनुसार विराटले विशाल भारती पब्लिक स्कुलबाट १२ कक्षासम्मको पढाइ गरेका छन्। १९९८ मा उनी पश्चिमी दिल्ली क्रिकेट एकेडेमीमा समावेश भएका थिए। यसपछि उनले आफ्नो करिअर क्रिकेटमा केन्द्रित गरे। गणित र विज्ञान विषयका शिक्षक विराटलाई ‘ब्राइट एन्ड अलर्ट’ विद्यार्थीका रुपमा चित्रण गर्छन्।
February 5, 2019 4:28 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

