महाशिवरात्रिमा पशुपतिनाथका चारै ढोका खुला हुने
काठमाडौं, २३ माघ । हाशिवरात्रि पर्वमा पशुपतिनाथको चारै ढोका चारै प्रहर खुला गर्ने निर्णय गरिको छ । नृत्य दर्शनार्थीका लागि विहान ३ बजे नै मन्दिर प्रवेश पाउने व्यवस्था गरिने छ भने अन्य भक्तजनका लागि छुट्टै मन्दिर प्रवेश पासको व्यवस्था नगर्ने निर्णय पनि गरिएको छ । सञ्चारकर्मीले आफ्नै संस्थाको परिचयपत्रबाट पशुपति क्षेत्र प्रवेश गर्न सक्नेछन् ।
पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाका अनुसार कोषले डा मिलनकुमार थापा, भगवतीप्रसाद देव, राजुकुमार खत्री, भरत मरासिनी, राजुकुमार रेग्मी, भोला सिटौला र प्रेमहरि ढुंगानाको संयोजकत्वमा विभिन्न सेवाप्रदायक समिति गठन गरेको छ ।
पर्वका लागि झण्डै तीन करोड रुपियाँको हाराहारीमा सौन्दर्य, खानाखाजा खर्च, आवास भोजन, साधुसन्तको स्वागत तथा विदाइ, भक्तिसङ्गीत प्रस्तुति लगायतका लागि खर्च विनियोजन गरिएको छ । उपनिर्देशक ढुङ्गानाका अनुसार सुरक्षा व्यवस्थाका लागि सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ ।
February 6, 2019 11:49 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी