बाघसँग २ मिनेट पौंठेजोरी
बर्दिया — ‘खेतबाट आइतबार साँझ साढे ५ बजे डोको बोकेर घर फर्कंदा बाघले एक्कासि आक्रमण गर्यो । रित्तो डोको भएकाले तत्काल बाघको मुखमा पसाउने प्रयास गर्दागर्दै पञ्जाले टाउको र पिठ्युँमा हिर्कायो ।’बढैयाताल गाउँपालिका २, सीतापुरका ३५ वर्षीय विजय बुढाक्षत्रीले बाघसँग प्रतिकार गरी जीवन जोगाउँदाको अनुभव सुनाए । तर, त्यही बाघकै आक्रमणमा परेर अर्का ७१ वर्षीय चन्द्रबहादुर शाहीले ज्यान गुमाए ।
उनले झन्डै २ मिनेट बाघसँग आमनेसामने भएर प्रतिकार गरे । बाघको आक्रमणबाट उनी घाइते छन् । ‘डोको नभए ज्यान जाने थियो,’ उनले भने । पहिलोपटक बाघ देखेको र आक्रमणमा पनि परेको उनले सुनाए । उनी नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारपछि घर फर्केका छन् । बाघको आक्रमणबाट दाहिने पाखुरा, टाउको र ढाडमा चोट लागेको छ ।
उनी घाइते भएको झन्डै आधा घण्टापछि शाहीलाई पनि बाघले आक्रमण गर्यो । उनलाई बारीमा मकै रोप्दै गर्दा आक्रमण गरेको थियो । पाटोको छेउमा गहुँबारीमा बसेको बाघलाई माटोले हानेपछि आक्रमण गरेको शाहीका आफ्न्तफत्तबहादुर शाहीले बताए । चन्द्रबहादुरको टाउको र ढाडमा आक्रमण गरेको थियो ।
उनको उपचारका क्रममा नेपालगन्ज शिक्षण अस्पतालमा आइतबार राति मृत्यु भएको थियो । ‘गाउँले आएर हल्ला गरेपछि बल्ल भाग्यो,’ फत्तबहादुरले सुनाए, ‘नभए अझै कति समय आक्रमण गरिरहन्थ्यो ।’
शाहीका पत्नी, ४ छोरा र १ छोरी छन् । बाघ आक्रमणमा मृत्यु भएकाको शव सोमबार अबेरसम्म घर ल्याइएको छैन । शव परीक्षण र मुचुल्का गरी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बाघले खेतमा पुगेका आधा दर्जन बढी स्थानीय किसानलाई आक्रमणको प्रयास गरेको सीतापुर २ का जीवन गिरीले बताए । ‘म पनि खेतमा बाघ हेर्न गएको थिएँ,’ उनले भने, ‘बाघले झम्टने प्रयास गर्यो जेनतेन फुत्केर भागें । बाघले सुमन बस्नेतलाई पिछा गरेको थियो । उनी भागेर जोगिए । घना बस्तीबीच बाघ आएपछि हेर्न गाउँले ठूलो संख्यामा गहुँबारीमा पुगेका थिए ।
स्थानीयका अनुसार बस्तीनजिक रहेको सिमल सल्ला र सीमावर्ती बाँकेस्थित हरित सिजन सामुदायिक वन भएकाले त्यहाँबाट बाघ आएको अनुमान गरिएको छ । भारतीय सीमावर्ती कतर्नियाघाट वन्यजन्तु आरक्षबाट बाघ आएको आशंका पनि भएको छ । घटनालगतै प्रहरी र सशस्त्र प्रहरी बलले बाघ भएको स्थानमा सुरक्षा दिएका छन् ।
प्रहरीले राति घरबाट बाहिर ननिस्कन सर्वसाधरणलाई माइकिङ गर्दै आग्रह गरिरहेको छ । सीतापुर लगायत आसपासका गाउँ बाघको त्रासले सुनसान छ । अझै पनि डर त्रास रहेको स्थानीय महेन्द्र रेग्मीले बताए । बाघसँग डमरु पनि भएकाले आक्रमण गरेको हुन सक्ने स्थानीयको भनाइ छ ।
February 6, 2019 12:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी