आचार्य बालकृष्णले नेपालमा ‘आचार्यकुलम’ खोल्दै
परासी । पतञ्जली आयुर्वेद हरिद्वार भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले पश्चिम नवलपरासीको सुनवलस्थित बाबा बर्दगोरिया धाम क्षेत्रमा ‘आचार्यकुलम’ स्थापना गर्ने भएका छन्।
साथै जडीबुटी उत्पादन प्रशोधन तथा आयुर्वेदिक केन्द्र, योग ग्राम स्थापना तथा वैदिक कृषिलगायतका कार्यक्रम सञ्चालनका लागि मङ्गलबार उनले बर्दगोरिया क्षेत्रको स्थलगत अध्ययन अवलोकन गरे।
आचार्यकुलम, गुरुकूल शिक्षाका साथै आधुनिक शिक्षा पद्धति अध्यापन हुने आवासीय शैक्षिक संस्था हो। यो शिक्षालय भारतको हरिद्वारमा योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णले संयुक्तरुपमा सञ्चालन गरिरहेका छन्। आचार्य बालकृष्णले आफूले नेपालमा लगानी गर्न चाहेको र त्यसका लागि बर्दगोरिया क्षेत्र उपयुक्त देखेको बताए।
उनले भने, “यहाँका नागरिकले साथ र सहयोग गरेमा म यस क्षेत्रलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्न चाहन्छु, मेरो बाल्यकाल अभाव र सङ्घर्षमा बितेकाले गरीबका छोराछोरीलाई निःशुल्क पढाएर सेवा गर्ने इच्छा छ, म नेपाली भएकाले पनि नेपाललाई समृृद्ध र स्वस्थ नेपाल बनाउन चाहेको हुँ, शिक्षित नेपाली, स्वस्थ नेपाली बनाउन नेपालका प्रत्येक प्रदेशमा आचार्यकुलम र योगग्राम बनाउने इच्छा पनि छ।”
February 6, 2019 1:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी